LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

भदौ २४ घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन हुने – सरकार निर्णय

काठमाडौँ ,चैत्र १४। सरकारले भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठन गर्ने निर्णय गरेको हो। आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा बढी केन्द्रित भएर प्रतिवेदन दिएको थियो भने भदौ २४ गतेको घटनामा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर