LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

केपी शर्मा ओली को पक्राउपछि प्रतिक्रिया — यो प्रतिशोध हो, कानुनी लडाईं लड्छु

चैत्र १४ ,काठमाडौं :पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भन्दै कडा असन्तुष्टि जनाएका छन्। शनिबार बिहान नेपाल प्रहरी ले जेनजी आन्दोलनका क्रममा भएको घटनामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउपछि उनले आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल गर्दै कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्। उनले यो पक्राउ प्रतिशोध हो, यसको कानुनी लडाईं लड्ने बताएका छन्।

 

यसक्रममा उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।

 

प्रहरीका अनुसार आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नागरिकको ज्यान गएको विषयमा अनुसन्धान जारी छ। हाल केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर