LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु

जनकपुरधाम   फालगुन १५ :सिरहाको गोलबजार नगरपालिका–२ गुरुधामा ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर शुक्रबार बिहान ज्यान गएको छ। ट्रिपरको पछाडिको भाग हाइड्रोलिकमार्फत उठाउने क्रममा माथि रहेको ११ हजार भोल्टको विद्युत् तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेपछि गाडीको केही भागमा आगलागीसमेत भएको थियो। करेन्ट लागेर गाडीबाट तल खसेका साहलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल, लहान पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर