LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

कुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थ

काठमाडौं ,माघ १८ । कुखुरा र बाख्रासँग भोट मागेको भन्दै सामाजिक सञ्जालमा ट्रोल र व्यङ्ग्य हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ आशिका तामाङले आफ्नो पृष्ठभूमि र उद्देश्य स्पष्ट पारेकी छन्।

तामाङले आफू धादिङको मलेखुमा जन्मिएकी किसान परिवारकी छोरी भएको उल्लेख गर्दै आफ्नो संघर्षपूर्ण जीवन यात्रालाई स्मरण गरिन्। आफ्ना स्वाभाविक क्रियाकलापलाई लिएर भइरहेको व्यङ्ग्यप्रति कुनै गुनासो नरहेको बताउँदै उनले किसान र पशुपालनसँग जोडिएको जीवन सहरिया दृष्टिले नबुझिने यथार्थ भएको बताइन्।

उनले आफ्नो राजनीतिक यात्राको मुख्य उद्देश्य उपेक्षित किसानका समस्या उठाउनु रहेको बताइन्। कृषि र पशुपालनले उचित मूल्य नपाउँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको अवस्था अन्त्य गर्न आफू संघर्षरत रहने प्रतिबद्धता पनि जनाइन्।

साथै तामाङले विपक्षीहरूलाई व्यक्तिगत आलोचना र व्यङ्ग्यमा सीमित नहुन आग्रह गर्दै जनताको घरदैलोमा पुगेर स्पष्ट एजेन्डासहित राजनीति गर्न सुझाव दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर