LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

मो. इर्शाद ,महोत्तरी ,माघ ३। सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण महोत्तरीको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरामा आज दिउँसो १ बजेबाट सुरु भएको खेलमा टस जितेको भारतीय सशस्त्र सीमा बलले नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

१६ ओभरको खेलमा नेपाल सशस्त्र प्रहरी बलको टोलीले निर्धारित ओभरमा १५६ रन बनाउन सफल भयो ।
१५७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतीय सशस्त्र सीमा बलको टोलीले १४ ओभरमै सबै विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो । यससँगै नेपाल सशस्त्र प्रहरी बलले ६८ रनको शानदार जित हात पार्‍यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्दन राउतले ब्याटिङतर्फ ४३ रन तथा बलिङतर्फ २ विकेट लिएर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

विजयी नेपाली सशस्त्र प्रहरी टोलीलाई महोत्तरीका एसपी शेरबहादुर अधिकारी र भारतको सिमामढीका एसपी संजीव कुमार सिंहले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

यस अवसरमा खेललाई कमेन्ट्रीमार्फत रोमान्चक बनाएका आरजे इर्सादलाई समेत सम्मान गरिएको थियो । नेपाल–भारत दुवै देशका सशस्त्र प्रहरीबीच भएको मैत्रीपूर्ण खेलमा आपसी सद्भाव, मित्रता र सहकार्यको सन्देश दिँदै एक–अर्कालाई मायाको चिनो आदान–प्रदान गरी प्रतियोगिताको समापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर