LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ

जनकपुरधाम पौष १८। झापाको भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट भद्रपुर उडानमा रहेको ९एन–एएमएफ कलसाइनको एटिआर–७२ जहाज शुक्रबार राति रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको हो।

 

बुद्ध एयरले काठमाडौँबाट अर्को जहाजमार्फत टेक्निकल तथा रिलिफ टिम पठाइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज रन–वे पार गर्दै चिप्लिएपछि दुर्घटना भएको हो।

 

जहाजमा सवार ५१ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको प्राधिकरणले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर