LIVE NEWS
नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्योलुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

धनुषामा वडा अध्यक्षको हत्या: गोली प्रहारमा संलग्न ४ अभियुक्त पक्राउ

धनुषा कर्तिक ३०— धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गरिएको घातक गोली प्रहार प्रकरणमा संलग्न ४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

 

मिति २०८२/०७/२८ गते राति करिब १८:४५ बजे वडा अध्यक्ष यादवको छातीमा गोली हानी गम्भीर घाइते बनाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

घटनापछि अनुसन्धानका लागि खटिएको प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गर्न सफल भएको छ। उनीहरूबाट घटनामा प्रयोग भएको कटुवा पेस्तोल र गोली समेत बरामद गरिएको प्रहरीले माहिती दिएको छ।

 

पक्राउ परेकाहरूमाथि सम्मानित अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर