LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

जनकपुरमा पत्रकारमाथि आक्रमण, दोषी वकिलमाथि कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुरधाम ,भाद्र १ : पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले  जनकपुरमा विरोध प्रदर्शन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि गरिएको धर्नामा सहभागी पत्रकारहरूले दोषी वकिलमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रदर्शनका क्रममा पत्रकारहरूले पत्रकारमाथि आक्रमण बन्द गर दोषीलाई कारबाही गर प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नारा लगाएका थिए।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षले पत्रकारमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। उनले पत्रकारहरू जनताको आवाज भएको र उनीहरूमाथि भएको आक्रमण लोकतन्त्रको विरुद्धमा रहेको बताए।

दोषी वकिलहरूलाई कानुनी दायरामा ल्याउन र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ। धर्नामा धनुषाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित खवर