LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

१० वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने सरकारको योजना

काठमाडौं, श्रावण २८  – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारले आगामी १० वर्षभित्र बाध्यतामूलक वैदेशिक रोजगारीको आवश्यकता समाप्त गर्ने लक्ष्य राखेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हरेक वर्ष करिब ५ लाख युवा श्रमिक बजारमा प्रवेश गर्नेमा स्वदेशमै रोजगार वा उद्यमशीलतामा केवल १ लाखलाई मात्र समाहित गर्न सकिएको उल्लेख गरे। उनले अब यो दर उल्लेख्य रूपमा बढाउनेमा सरकार कटिबद्ध रहेको स्पष्ट पारे।

विदेशमा रोजगारीको बाध्यता हटाउन, देशभित्रै अवसर सिर्जना गर्न र युवालाई आत्मनिर्भर बनाउन सरकारले ठोस योजना अघि बढाएको छ मन्त्री भण्डारीले भने।

कार्यक्रममा परराष्ट्र मन्त्री आरजु देउवा पनि सहभागी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर