LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराए

टुडेवाणी,संवाददाता,असोज २३,सप्तरी।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० का निर्वाचनमा भने उनले सुनसरी ५ बाट निर्वाचित भएका थिए ।

जसपा उम्मेदवारी दर्ता गर्नु केही दिन पहिलेमात्रै एमालेसँग गठबन्धन गर्न पुगेको हो । सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर