LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक।

टुडेवाणी,संवाददाता,काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ। गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यो १८.२६ प्रतिशत हो। प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन्। ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए। जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन्।

 

त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन्। जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन्।

बाग्मती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन्। यहाँ २४.८० प्रतिशत पास भएका हुन्। गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन्। यो २१.९७ प्रतिशत हुन आउँछ।

लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तिर्ण भएका छन्। यो २०.७७ प्रतिशत हो। कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन्। यो १३.१८ प्रतिशत हुन आउँछ।

सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन्। यो १५.०७ प्रतिशत हुन आउँछ।

प्रतिक्रिया
सम्बन्धित खवर