LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आफ्नै भिनाजु र आफन्त मिलेर सालोको हत्या

टुडेवाणी,सलिना मगर,जेष्ठ ३१,पर्सा : पर्साको बहुदरमाइ नगरपालिका-५ मा आफ्नै भिनाजु र आफन्त मिलेर (सालो) भनिने राकेश राम को हत्या गरेका छन। राजेश भिनाजु हिरामन महराको घरमा पाहुना लाग्न गएका थिए। उक्त क्रममा राजेशलाई हिरामनले आफ्नै परिवारकी एक महिला सदस्यसँग अवैध शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेका थिए।

त्यसपछि हिरामन र परिवारका सदस्यहरू मिलेर राजेशको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

राजेश रामको हत्यापछि महराको परिवारले उनको शव खोल्सामा लगेर फ्याँकिदिएको पाइएको प्रहरीले जनाएको छ। शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो। हत्या आरोपमा प्रहरीले ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवि, ३५ वर्षीया सुनिता देवि र २२ वर्षीया रिन्कु देविलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई सोमबार सार्वजनिक गरेको हो। उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर