LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भारततर्फ लैजाँदै गरेको गाँजा सहित एक युवती पक्राउ

टुडेवाणी,डेस्क,जेष्ठ २३,सर्लाही:
सर्लाही जिल्लाको मलंगवास्थित खेतमा मल छर्ने बहानामा ढाकीमा लुकाएर भारततर्फ लैजाँदै गरेको गाँजा सहित एक युवती पक्राउ परेकी छन् ।

मलंगवा नगरपालिका ९बस्ने बर्ष १८ कि पम्मी कुमारी आइतबार साँझ खेतमा मल हाल्ने बहानामा ढाकीमा गाँजा राखी माथीबाट मल राखेर भारततर्फ लैजाने क्रममा पक्राउ परेकी हुन् ।

उनको साथबाट १३ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत कट्नै लागेकी युवती गस्तीमा रहेको प्रहरी देख्नासाथ ढाकी छाडेर भागेकी थिइन् ।

प्रहरीले भागेको युवतीलाई स्थानीय धनराज साहको घरबाट पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर