LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

कान्तिपुर हाफ म्याराथनको ह्विलचियर रेसमा सर्लाहीका दान बहादुर थिङ्ग तेश्रो।

टुडेवाणी,डेस्क,जेष्ठ २३,सोमबार:
कान्तिपुर हाफ म्याराथनको ३ किलोमिटरको ह्विलचियर रेसमा सर्लाहीका दान बहादुर थिङ्ग तेश्रो हुनुभएको छ । उक्त म्याराथन “जलबायु परिबर्तन” नाराका साथ आयोजित गरिएको थियो।

सो म्याराथनको दसौं संस्करण अन्तर्गत शनिबार भएको दौडमा सर्लाही लालबन्दी नगरपालिका १५ देउरालीका थिङ्ग तेश्रा हुनुभए सङै उहाले १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
उक्त दौडमा रमेश खत्री प्रथम भएका छन् । खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । यस्तै प्रेमबहादुर विक द्वितीय हुनुभएको छ । उहाँले १४ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । त्यस्तै तेश्रो हुनुभएका सर्लाहीका थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

ह्विलचेयर रेस महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभएको छ । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नुभएको छ ।

दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क थियो । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुनः थापाथलीमै आएर सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर