LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

मुख्यमन्त्री राउतले बनाए श्रीमतीलाई उम्मेदवार

वीरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट जलेखा खातुनले उम्मेदवारी दिएकी छिन् । खातुन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती हुन् । मुख्यमन्त्री राउतले आफ्नै श्रीमतीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका हुन् ।

मुख्यमन्त्री राउतले गाउँपालिका उपाध्यक्षमा आफ्नै श्रीमतीलाई उम्मेदवार बनाउने खबर सुनेपछि गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुनले जसपा पार्टी परित्याग गरेकी थिइन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय ४१ मत प्राप्त गरेर बिस्मिल्लाह खातुन गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनका श्रीमान महम्मद सरीफ गद्दीले जसपाबाट उपाध्यक्षमा उम्मेदवार हुने तयारी गरीरहेकै बेला मुख्यमन्त्री राउतले आफ्नै श्रीमतीलाई उम्मेदवार बनाउने तयारी गरेपछि गद्दी दम्पतीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

गद्दीले माओवादीबाट केन्द्रबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउतले उपाध्यक्षमा आफ्नो श्रीमतीलाई अघि सारेपछि पार्टी परित्याग गरेको गद्दीले बताए ।

मुख्यमन्त्री राउतले भने आफुले उम्मेदवार बनाएको कुरालाई अस्विकार गरेका छन् । जसपा पालिका कमिटीले र गाउँबासीले नै जलेखालाई उपाध्यक्षको उम्मेदवार बनाएको राउतको स्पष्टोक्ति छ ।

प्रतिक्रिया
सम्बन्धित खवर