LIVE NEWS
विवादपछि सक्रियता बढ्यो: गुरुङ पुगे लामिछाने निवास,किसानको पसिना सस्तो, बजारमा केरा महँगो खेल: बिचौलियाको लुटतन्त्रकाठमाडौंमा चकित पार्ने घटना: विष्णुमति किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली बरामद सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाद

यी १९ वर्षीय युवकले गरेका थिए ‘केजीएफ-२’ को सम्पादन

काठमाडौं :  सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ । केही वर्षदेखि अत्यधिक पर्खाइ गरिएको फिल्म हो केजीएफको दोस्रो च्याप्टर ।

रकी भाईको केजीएफमाथिको राज र अधीरासँग उनको टक्करलाई दर्शकले निकै चासोका साथ हेरेका छन् । यसबीच केजीएफको च्याप्टर–२ को विषयमा दिलचस्प कुरा बाहिरिएको छ । यो फिल्म वरिष्ठ कलाकारहरुले मिलेर बनाएका हुन् । तर, यसको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छो र नयाँ छन् ।

केजीएफ च्याप्टर–२ को सम्पादन पक्षमा फिल्मको क्रिप्स र शार्प एडिटिङ धेरैले मन पराएका छन् । यसको श्रेय उज्जवल कुलकर्णीलाई जान्छ । यति चर्चित फिल्मको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छा छन् । उनी भर्खरै १९ वर्षका भए । उनका लागि यो पहिलो ठूलो प्रोजक्ट थियो । जसको कारण उनले फिल्मका लागि कडा मेहनत गरे ।

उनी यसअघि युट्युबमा फ्यान मेड मुभिजको इडिटिङको काम गर्ने गर्थे । निर्देशक प्रशान्त नीलले केजीएफ च्याप्टर–२ को पूरै शुट गरेका थिए । त्यसपछिको उज्जवलले आफ्नो सीप देखाएका थिए । प्रशान्तसँग नील प्रभावित भए । र उनले सम्पादन गर्ने मौका दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर