LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

यी १९ वर्षीय युवकले गरेका थिए ‘केजीएफ-२’ को सम्पादन

काठमाडौं :  सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ । केही वर्षदेखि अत्यधिक पर्खाइ गरिएको फिल्म हो केजीएफको दोस्रो च्याप्टर ।

रकी भाईको केजीएफमाथिको राज र अधीरासँग उनको टक्करलाई दर्शकले निकै चासोका साथ हेरेका छन् । यसबीच केजीएफको च्याप्टर–२ को विषयमा दिलचस्प कुरा बाहिरिएको छ । यो फिल्म वरिष्ठ कलाकारहरुले मिलेर बनाएका हुन् । तर, यसको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छो र नयाँ छन् ।

केजीएफ च्याप्टर–२ को सम्पादन पक्षमा फिल्मको क्रिप्स र शार्प एडिटिङ धेरैले मन पराएका छन् । यसको श्रेय उज्जवल कुलकर्णीलाई जान्छ । यति चर्चित फिल्मको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छा छन् । उनी भर्खरै १९ वर्षका भए । उनका लागि यो पहिलो ठूलो प्रोजक्ट थियो । जसको कारण उनले फिल्मका लागि कडा मेहनत गरे ।

उनी यसअघि युट्युबमा फ्यान मेड मुभिजको इडिटिङको काम गर्ने गर्थे । निर्देशक प्रशान्त नीलले केजीएफ च्याप्टर–२ को पूरै शुट गरेका थिए । त्यसपछिको उज्जवलले आफ्नो सीप देखाएका थिए । प्रशान्तसँग नील प्रभावित भए । र उनले सम्पादन गर्ने मौका दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर