LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

तीन दिन तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन विज्ञको आग्रह

टुडे वाणी,डेस्क,बैशाख ४ काठमाडौँ : नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र ९राइम्स० द्वारा जारी पूर्वचेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा ५, ६ र ७ वैशाखमा (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।

४० डिग्रीभन्दा माथिको तापक्रमलाई ९हिट वेब० अर्थात् ‘लू’ भन्ने गरिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले ५ वैशाखदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताए । उनका अनुसार ४० डिग्री वा सोभन्दा माथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ ।

उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकले सचेत रहन आवश्यक रहेको बताए । जलवायु विज्ञ डा। उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने प्रचुर सम्भावना रहेको बताए ।

नेपालमा पहिला नै हिट वेबको सम्भावना देखिएको अवस्था छ । हिट वेब शुरु भइसकेको अवस्था छ । यो तराईको जिल्लामा अझै बढी सक्रिय हुने सम्भावना छ ।

 

खास गरेर लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भोलिदेखि नै वैशाखको ५ गतेदेखि ७ गतेसम्म देखिने सम्भावना छ,’ उनले भने ।

उनका अनुसार नेपालमा शनिबारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेसनको संख्या २७ पुगेको छ ।

जलवायु विज्ञ डा। उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए ।

उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए । उनले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि नेपालको पश्चिमी भागमा अत्यधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताए ।

जलवायुविज्ञ डा। उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १।१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १।८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताए ।

उनले यो असर जलवायु परिवर्तनका कारण भएको बताए । जलवायुविज्ञ डा। उप्रेतीले अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव दिए ।

उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्यधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिलालगायतका मानिसमा बढी असर गर्ने बताए ।

अत्यधिक गर्मीका कारण मान्छे बेहोस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताए ।

 

लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ ।

त्यस्तै, धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उनले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिए ।

यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलिलो पदार्थ खाने, प्रोटिन भएको खाना नखाने, कटन र पातलो लुगा लगाउन उनको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर