LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

जसपा नेपाल महोत्तरीको नगर कार्य समिति अध्यक्षमा रामप्रकाश यादव

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालले महोत्तरी जिल्लाको जलेश्वरमा आयोजित समायोजन कार्यक्रममा  महोत्तरीको तत्कालीन पुर्व राजपा नेपाल बाट जसपामा समायोजन सकिएको छ।

शनिबार महोत्तरीको जिल्ला समन्वय  समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जसपाले पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री  एवंम् प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाको अध्यक्षतामा २५१  सदस्यीय नयाँ महोत्तरीको  जिल्ला समन्वय समिति समेत चयन भएको छ।

सरोज सिंह कुशवाहाको अध्यक्षतामा  र जसपा पार्टी नेपालको पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवंम् केन्द्रिय सदस्य हरिनारायण यादवको  प्रमुख आतिथ्यतामा सम्पन्न समायोजनको अध्यक्ष राम प्रकाश यादव चयन भएका छन,  कुशवाहाको नेतृत्वमा २५१  सदस्य चयन भएको छ । उपाध्यक्षमा शिवचन्दर साह,नथुनी यादव सह-सचिव सर्बेश झा,चयन भएको छन भने   कोषाध्यक्ष र सचिव रिक्त छन।

कार्यक्रममा जसपाका समन्वय समितिका जिल्ला अध्यक्ष राम प्रकाश यादवले  जनता समाजवादी पार्टीनै संघीयता ल्याउने पहिलो पार्टी रहेको दावी गरे। उनले नेपालमा व्याप्त बर्गीय विबेदलाई जरो देखि उखाल्न जसपाको नेत्रीत्व चाहिने बताए।

कार्यक्रममा प्रमुख अतिथी यादवले नवगठित समितिलाई बधाई दिदै जसपाले नेतृत्वमा महिलालाई समानरुपले समेट्ने जिकिर गरिन।महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो ।

 

सो कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण शंकर साह, तेज नारायण यादव, रामनरेश यादबव,मुक्ति नारायण यादव,श्याम कुमार यादव, जसपा मधेश प्रदेश उपाध्यक्ष लिलाहरि खतिवडा,  जसपा पार्टी नेपालका क्षेत्रिय अध्यक्ष्,उपाध्यक्ष,  जिल्ला सदस्य, तथा नेता  कार्यक्रताको उपस्तितीमा समायोजन कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर