LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो

जनकपुरधाम : धनुषामा जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय–प्रहरी साझेदारीअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
नगराइन नगरपालिका–२ मा आयोजित कार्यक्रममा स्थानीय नागरिक, स्थानीय तह, समुदाय, सामाजिक संस्था, तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयले शान्ति–सुरक्षा, प्रहरी सेवा तथा समुदायसँग जोडिएका विभिन्न विषयमा आफ्ना गुनासा, समस्या र सुझाव प्रहरीसमक्ष राखेका थिए। सहभागीहरूले प्रहरीसँग प्रत्यक्ष संवाद गर्दै स्थानीयस्तरमा देखिएका समस्याको समाधान तथा प्रहरी सेवा थप प्रभावकारी बनाउनुपर्ने विषयमा धारणा राखेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकका गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो। प्रहरी र नागरिकबीचको सहकार्य थप मजबुत बनाउँदै सुरक्षित र शान्तिपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर