LIVE NEWS
​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाहभोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासीएकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियोबालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानितआज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग

​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​

चन्दन रजक ,राजविराज :जनमत पार्टीको आगामी दोस्रो महाधिवेशनमा डा. जयकान्त राउतले राष्ट्रिय उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीलाई देशको बलियो र प्रभावकारी वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउने सङ्कल्पसहित उनले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

​उम्मेदवारी घोषणा गर्दै नेता राउतले स्थानीय तहदेखि नै पार्टी संगठनलाई चुस्त र सुदृढ बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए। किसान, सीमान्तकृत, शोषित तथा उत्पीडित वर्गका समस्या र आवाजलाई राजनीतिको मूलधारमा स्थापित गर्न संगठन बलियो हुनुपर्नेमा उनले विशेष जोड दिएका छन्।

​दोस्रो महाधिवेशनलाई विगतको समीक्षा गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै राउतले भने, “पार्टीलाई वैचारिक, सांगठनिक र पहिचानका हिसाबले थप सशक्त बनाउन महाधिवेशन प्रतिनिधिहरूले सही दिशा समात्नु आवश्यक छ।

​यसअघि पनि छोटो समयका लागि उपाध्यक्ष तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका राउतले आफ्नो विगतको अनुभवलाई आगामी कार्यकालमा संगठन हितमा पूर्ण रूपमा उपयोग गर्ने बताएका छन्।

​गत चैतको केन्द्रीय कमिटी बैठकबाट स्वीकृत ‘जनमत पुनर्जागरण महाअभियान (२०८३–२०८४)’ अन्तर्गतको ७०-बुँदे कार्ययोजना आफ्नै नेतृत्व र अग्रसरतामा अघि बढेको स्मरण गराउँदै उनले उपाध्यक्ष पदमा निर्वाचित भएपछि उक्त कार्ययोजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे।

​आगामी निर्वाचनलाई लक्षित गर्दै जनस्तरसम्म पार्टीको नीति पुर्‍याउने, संगठनमा अनुशासन कायम गर्ने र सामूहिक नेतृत्वको संस्कार बसाल्ने आफ्नो एजेन्डा रहेको बताउँदै राउतले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मतदान गरी विजयी गराउन अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर