LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने बताइएको छ । हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको दूतावास स्रोतले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार रसुवा जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या बढिरहेको छ र शवहरूको पहिचान गर्ने काम भइरहेको छ ।

प्राधिकरणका प्रारम्भिक विवरणअनुसार नेपाल सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांकमा ४६६ विदेशी र ११३ नेपाली गरी ५७९ यात्रुको अवस्था अझै अज्ञात रहेको उल्लेख छ । त्यसमध्ये रसुवाको टिमुरेबाट ९४ नेपाली र २९ विदेशी गरी १२३ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित उद्धार गरिएको छ ।

तिब्बतको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वस्थित ल्हेन्दे खोलामा हिमनदी वा बरफको चट्टान खसेपछि ठूलो परिमाणमा माटो र ढुंगा मिसिएको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी पार गरेर त्रिशूली नदीमा मिसिएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर कालोपत्रे सडक क्षतिग्रस्त भएको पुष्टि भएको छ । जलविद्युत् आयोजना, घर तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको सरकारले जनाएको छ ।

उद्धारमा सेना, प्रहरी र हेलिकोप्टर परिचालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रातभर स्थलगत उद्धार अभियान सञ्चालन गरेका छन् । सैन्य तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी टिमुरे र स्याफ्रुबेँसीमा फसेका नागरिकको उद्धारलाई तीव्र बनाइएको छ ।

जिल्ला अस्पतालदेखि काठमाडौंका प्रमुख अस्पतालसम्म चिकित्सकीय टोली परिचालन गरिएको छ । घाइतेको उपचार, अस्थायी आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी र औषधिको व्यवस्था नेपाल सेनाको ब्यारेक तथा अन्य सुरक्षित स्थानमा गरिएको छ ।

भारतको राहत सहयोग

विपद्पछि भारतले तत्काल मानवीय सहायता उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारीलाई १० टन राहत सामग्री हस्तान्तरण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै दुःख व्यक्त गरेका छन् र आवश्यक सबै मानवीय सहयोग गर्न भारत तयार रहेको बताएका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि भारतबाट मानवीय सहायता तथा चिकित्सकीय सामग्री काठमाडौं पुगेको र दुवै देशबीच समन्वय जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर