LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन्।

उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस् चाहे मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस्। यसले के देखाउछ की हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ। अराजकता, अस्थिरता, हत्या, हिँसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुखमा छन्। जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।’

सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर