LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन्।

उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस् चाहे मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस्। यसले के देखाउछ की हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ। अराजकता, अस्थिरता, हत्या, हिँसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुखमा छन्। जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।’

सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर