LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

काठमाडौं। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीब्र पारिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयले तयार पारेको कार्यक्रमअनुसार आजै बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र त्यसलगत्तै ४ बजेर २० मिनेटमा शपथ ग्रहण समारोह आयोजना हुनेछ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आह्वान गरिएको थियो। सोही आह्वानअनुसार गत भदौ ३ गते थापालाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनसहितको दाबी प्रदेश प्रमुखको कार्यालयमा पेस गरिएको थियो।

तर, मुख्यमन्त्रीमा थापाको दाबीमा राप्रपाको समर्थन समेत समावेश भएपछि सो पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ। राप्रपाको बागमती प्रदेश संसदीय दलले थापालाई समर्थन गर्ने निर्णय गरे पनि पार्टीको केन्द्रीय निर्देशनबिना गरिएको उक्त निर्णय आधिकारिक नभएको भन्दै केन्द्रले असहमति जनाएको छ। राप्रपाले प्रदेशमा कुनै पनि दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। केन्द्र र प्रदेश तहबीचको यसै विवादका कारण बागमती प्रदेशको राजनीतिमा नयाँ मोड आउने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर