LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

देउवा समूह महाधिवेशन रोक्न सर्वोच्च जाने तयारीमा

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि देउवा समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्ने तयारी गरेको हो। सर्वोच्च अदालतमा पार्टीको विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षका नेता मीन विश्वकर्माले बताएका छन्।

उनका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा जाने तयारी भइरहेको छ। आवश्यक कानुनी तयारीका लागि नेताहरूले काम गरिरहेको र सम्भव भएसम्म बुधबार नै अदालत जाने प्रयास भइरहेको उनले बताए। आज सम्भव नभए एक–दुई दिनभित्र मुद्दा दायर हुन सक्ने उनको भनाइ छ।

यसअघि देउवा समूहको भेलाले पार्टी सभापति गगन थापालाई अस्वीकार गर्दै १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समूहले महाधिवेशन प्रक्रिया र नेतृत्वसम्बन्धी विवादलाई लिएर कानुनी चुनौती दिने तयारी गरेको हो।

यता कांग्रेसभित्रकै इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेका छन्।

तर कांग्रेस सभापति गगन थापा भने निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशन कार्यतालिकालाई केही पछाडि सारेका थिए। यद्यपि पार्टीभित्रको विवाद समाधान हुन नसकेपछि महाधिवेशनको विषय थप कानुनी र राजनीतिक विवादतर्फ धकेलिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर