LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

जलेश्वर नगरपालिकामा स्थानीय योजना तर्जुमा प्रक्रियामा बालसहभागिता सम्बन्धी नगरस्तरीय बालभेला सम्पन्न

जनकपुरधाम : जलेश्वर नगरपालिकामा स्थानीयस्तरको योजना तर्जुमा प्रक्रियामा अर्थपूर्ण बालसहभागिता सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकास्तरीय भेला सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न स्थानीय विद्यालयका बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

 

भेलामा सहभागी बालबालिकाहरूले पालिकाभित्र हालसम्म भएका विकास निर्माणका कार्य तथा आगामी दिनमा गर्नुपर्ने विकासका प्राथमिकताहरू समेटेर चार्ट तयार पारी स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए। बालबालिकाहरूले शिक्षा, सडक, खानेपानी, सरसफाइ, खेलमैदान लगायतका विषयमा आफ्ना धारणा र आवश्यकताहरू प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा नगरपालिकाकी उपमेयर रोशन खातुनले बालबालिकाबाट उठाइएका सबै माग तथा सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै शिक्षा शाखा प्रमुख कृति कर्णले पनि बालमैत्री योजना निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताइन्।

 

कार्यक्रममा रतौली युवा क्लबका अध्यक्ष साकिर खान तथा रेडियो मिथिलाका पत्रकार इर्शादले विद्यालयमा बालबालिकाले भोगिरहेका विभिन्न समस्याहरू जनप्रतिनिधिकै उपस्थितिमा उजागर गरेका थिए।

 

उक्त कार्यक्रम सेभ द चिल्ड्रेन, रतौली युवा क्लब र जलेश्वर नगरपालिकाको सहकार्य तथा सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर