LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रसिद्ध धार्मिकस्थल गेरुकाधाम आज देखी सुरु

जनकपुरधाम:  महोत्तरीको लोहरपट्टी नगरपालिका अन्तर्गत पर्ने प्रसिद्ध धार्मिकस्थल गेरुकाधाम मा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। धार्मिक आस्था र परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका हुन्।

 

मिथिला क्षेत्रका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। धार्मिक विश्वासअनुसार गेरुकाधाममा स्नान तथा दर्शन गरे पाप नाश हुने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

 

आजको अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनहरूको सहभागितामा भजन–कीर्तन, झाँकी प्रदर्शन तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिले श्रद्धालुहरूको सहजताका लागि सुरक्षा, खानेपानी तथा स्वास्थ्य सेवाको समेत व्यवस्था मिलाएको जनाएको छ।

 

विशेषगरी अधिकमास, एकादशी तथा अन्य धार्मिक पर्वहरूमा गेरुकाधाममा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। हरेक वर्ष यहाँ धार्मिक स्नान र पूजापाठका लागि हजारौं श्रद्धालु पुग्ने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर