LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

प्रसिद्ध धार्मिकस्थल गेरुकाधाम आज देखी सुरु

जनकपुरधाम:  महोत्तरीको लोहरपट्टी नगरपालिका अन्तर्गत पर्ने प्रसिद्ध धार्मिकस्थल गेरुकाधाम मा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। धार्मिक आस्था र परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका हुन्।

 

मिथिला क्षेत्रका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। धार्मिक विश्वासअनुसार गेरुकाधाममा स्नान तथा दर्शन गरे पाप नाश हुने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

 

आजको अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनहरूको सहभागितामा भजन–कीर्तन, झाँकी प्रदर्शन तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिले श्रद्धालुहरूको सहजताका लागि सुरक्षा, खानेपानी तथा स्वास्थ्य सेवाको समेत व्यवस्था मिलाएको जनाएको छ।

 

विशेषगरी अधिकमास, एकादशी तथा अन्य धार्मिक पर्वहरूमा गेरुकाधाममा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। हरेक वर्ष यहाँ धार्मिक स्नान र पूजापाठका लागि हजारौं श्रद्धालु पुग्ने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर