LIVE NEWS
मिथिलाञ्चलमा आज वटसावित्री पर्वको रौनक, श्रद्धापूर्वक पूजा गर्दै विवाहित महिलाहरूसर्लाहीमा इँट्टाको चाङले थिच्दा ३ मजदुरको मृत्यु, २ घाइतेनेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीनेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीराष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारितसर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या'न गयोसांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्न

मिथिलाञ्चलमा आज वटसावित्री पर्वको रौनक, श्रद्धापूर्वक पूजा गर्दै विवाहित महिलाहरू

जनकपुरधाम, २ जेठ : जनकपुरहित तराई मधेशमा आज वटसावित्री पर्व मनाइँदै छ। श्रीमान्को दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज विवाहित सम्पूर्ण महिलाहरूले वटसावित्री पर्व मनाइरहेका छन्।

 

ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने चलन रहेको छ।

 

वटसावित्री पर्वमा पतिको दीघार्युको कामना गर्दै वर र पीपलको पूजा गरिन्छ। पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ।

 

 

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ।

 

प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ।

 

वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन।

 

यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ। मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ ९प्रसाद सामग्री० बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ।

 

व्रतालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ।

 

मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउन थालेका छन्। रासस

प्रतिक्रिया
सम्बन्धित खवर