LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायी

जनकपुरधाम:  नेपाल सरकारले सीमामा १०० रुपैयाँभन्दा माथिको सामानमा कर अनिवार्य गरेपछि सीमावर्ती भारतीय बजारमा असर देखिन थालेको छ। नेपाली ग्राहकको चहलपहल घटेसँगै भारतीय व्यापारीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

 

बालेन सरकार निर्णय फिर्ता गर, सीमा कर नीति खारेज गर” जस्ता नारासहित व्यापारीहरूले विरोध प्रदर्शन गर्दै आफ्नो व्यापार संकटमा परेको बताएका हुन्।

 

आन्दोलनरत व्यापारीहरूका अनुसार नेपाली ग्राहककै भरमा चलिरहेको बजार अहिले सुनसान बनेको छ।उनीहरू भन्छन्,

“पहिले नेपाली ग्राहकले बजार भरिभराउ हुन्थ्यो, अहिले दिनभरि पसल खोल्दा पनि बोहनी हुँदैन। यही अवस्था रहे हामी करो कि मरोको स्थितिमा पुग्छौं।

 

नेपालको कडाइपछि सीमापार किनमेलमा कमी आएको छ भने भारतीय व्यापारीहरूले यो निर्णयले दुवै देशको स्थानीय व्यापार प्रभावित भएको दाबी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर