LIVE NEWS
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाहभोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासीएकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियोबालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानितआज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोप

लिपुलेक प्रकरणमा सरकारको कडा कदम—भारत–चीन सहमतिप्रति नेपालद्वारा औपचारिक आपत्ति

जनकपुरधाम : नेपाल सरकारले लिपुलेक क्षेत्र समेटेर भारत र चीनबीच तीर्थयात्रा सञ्चालन गर्ने सहमतिप्रति असन्तुष्टि जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालको सार्वभौमिकतामाथि असर पर्ने भन्दै औपचारिक रूपमा विरोध जनाएको हो।

 

भारतीय विदेश मन्त्रालयले सन् २०२६ को जुनदेखि अगस्टसम्म उत्तराखण्डको लिपुलेक हुँदै १० समूहलाई कैलाश मानसरोवर यात्रा गराउने तालिका सार्वजनिक गरेपछि नेपालले आपत्ति प्रकट गरेको हो। नेपालले आफ्नो भूभाग समेटिएको क्षेत्रमा पूर्वस्वीकृति बिना गरिने कुनै पनि गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ।

 

२०७७ सालमा जारी गरिएको नयाँ नक्साअनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अभिन्न हिस्सा भएको दाबी गर्दै सरकारले सुगौली सन्धि ले समेत त्यसलाई पुष्टि गर्ने उल्लेख गरेको छ।

 

प्रमुख राजनीतिक दलहरूको सहमतिमा पठाइएको कूटनीतिक नोटमार्फत नेपालले सीमा विवादलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तथा ऐतिहासिक प्रमाणका आधारमा आफ्नो दाबीलाई सम्मान गर्न भारत र चीन दुवैसँग आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर