LIVE NEWS
विवादपछि सक्रियता बढ्यो: गुरुङ पुगे लामिछाने निवास,किसानको पसिना सस्तो, बजारमा केरा महँगो खेल: बिचौलियाको लुटतन्त्रकाठमाडौंमा चकित पार्ने घटना: विष्णुमति किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली बरामद सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाद

विवादपछि सक्रियता बढ्यो: गुरुङ पुगे लामिछाने निवास,

काठमाडौँ — सुधन गुरुङ र रवि लामिछानेबीच सोमबार बिहान भेटवार्ता भएको छ। स्रोतका अनुसार गृहमन्त्रीस गुरुङ बुढानीलकण्ठस्थित लामिछानेको निवास पुगेर छलफल गरेका हुन्।

गुरुङ हाल सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट तथा व्यापारिक घराना शंकर ग्रुपसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका छन्। उक्त खुलासापछि उनीमाथि नैतिकता र पारदर्शिताको प्रश्न उठ्दै आएको छ।

गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। तर पछिल्लो विवादपछि पार्टीभित्र उनको भूमिकाबारे गम्भीर छलफल सुरु भएको छ। उच्च तहका नेताहरूबीच उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा आन्तरिक परामर्श भइरहेको बताइएको छ।

यसैक्रममा, सोमबार बस्ने केन्द्रीय समिति बैठकलाई निर्णायक रूपमा हेरिएको छ। बैठकले गुरुङमाथि कारबाही गर्ने वा उनलाई निरन्तरता दिने भन्नेबारे निर्णय लिन सक्ने स्रोतको भनाइ छ।

यता, पार्टी अनुशासन आयोगले पनि घटनाबारे अध्ययन सुरु गरिसकेको छ। आयोगले आवश्यक प्रक्रिया अघि बढाउँदै गुरुङको विषयमा सिफारिस तयार पार्ने तयारी गरेको जनाइएको छ।

यो प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक दबाब बढाएको छ भने गुरुङको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर