LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुति

बैशाख ०४, धनुषा  :सशक्त बालिका परियोजना अन्तर्गत खानेपानी, स्वच्छता तथा सरसफाइ (WASH) सम्बन्धी सडक नाटक कार्यक्रम सम्पन्न भएको छ। जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कमला नगरपालिका–०१ हटलेटवामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

सपोर्ट नेपालको आयोजना, प्लान इन्टरनेशनलको सहयोग तथा कमला नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा कलाकारहरूले “सफा घर र टोल तथा “शौचालय प्रयोग गरौं, खुला दिसा मुक्त मधेस बनाऔं” शीर्षकका सडक नाटक प्रस्तुत गरेका थिए।

नाटकमार्फत साबुनले हात धुने, शौचालय प्रयोग गर्ने, सफा पानी पिउने र वातावरण सरसफाइ गर्ने जस्ता महत्वपूर्ण सन्देशहरू सरल तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी पात्रहरूले दैनिक जीवनमा देखिने लापरवाही र त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्यालाई देखाउँदै सरसफाइको महत्वबारे सचेत गराएका थिए।

कार्यक्रममा स्थानीय बासिन्दा, बालबालिका तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नाटकलाई अन्तरक्रियात्मक बनाउँदै दर्शकहरूलाई समेत प्रश्न सोध्ने र सहभागिता गराउने प्रयास गरिएको थियो, जसले कार्यक्रमलाई थप प्रभावकारी बनाएको फिल्ड सुपरभाइजर आशिस सिंहले जनाएको छ।

नाटकको अन्त्यमा सबै कलाकार तथा सहभागीहरूले सामूहिक रूपमा सरसफाइ सम्बन्धी सन्देशहरू दोहोर्‍याएका थिए। “घर मात्र होइन, नाला, सडक र चोक पनि सफा राखौं  सामुदायिक सफाइ स्वस्थ जीवन” र “सफा मधेस, स्वस्थ मधेस, हाम्रो जिम्मेवारी” जस्ता नाराले कार्यक्रमको माहोल उत्साहजनक बनेको थियो।

त्यसैगरी “आज सफा गरौं, भोलि स्वस्थ बनौं” र “हाम्रो गाउँ, हाम्रो जिम्मेवारी” जस्ता नाराहरू लगाउँदै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर