LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

जनकपुरधाम ,वैशाख ४। कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन्। शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो।

 

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो। निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै थप जिम्मेवारी आफूमाथि थपिएको बताइन्। सबै सदस्यहरुसँगको छलफल र समन्वयसँगै समितिको काम कारवाही अगाडि बढाउने उनले जानकारी दिइन्।

 

 

उनले भनिन्,‘निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको छ तर जिम्मेवारी धेरै ठूलो छ। हामी सबै बसेर महत्वपूर्ण छलफल गरेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अगाडि बढाउँछौं।’

प्रतिक्रिया
सम्बन्धित खवर