LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँ

काठमाडौं,  वैशाख ३ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय प्रयोजनका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका छन्।

 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। बानियाँले गाँजामा रहेका औषधीय गुणलाई ध्यानमा राख्दै संघीय सरकारले नै स्पष्ट कानुन बनाएर यसको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने बताए।

 

उनले उदाहरण दिँदै भने— यदि वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग भइरहेको छ भने, त्यसलाई कानुनी ढाँचाभित्र ल्याएर किन व्यवस्थित रूपमा अघि नबढाउने?

 

मुख्यमन्त्री बानियाँले सुरुवाती चरणमा मकवानपुरसहित केही जिल्लालाई ‘पकेट क्षेत्र’का रूपमा छनोट गरी परीक्षणात्मक रूपमा प्रयोग सुरु गर्न सकिने सुझाव पनि दिएका छन्। साथै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कडा नियमन र अनुगमनसहित प्रयोगको बाटो खोल्नुपर्ने उनको जोड थियो।

प्रतिक्रिया
सम्बन्धित खवर