LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एसईई दिएर घर फर्किंदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु, ३ जना गम्भीर घाइते

जनकपुरधाम, चैत २४ ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ अन्तर्गत जलेश्वर–बर्दिबास हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी ३ जना युवा विद्यार्थीको ज्यान गएको छ। एसईई परीक्षा दिएर घर फर्किंदै गरेका उनीहरू सवार मोटरसाइकल आपसमा ठोक्किँदा भीषण आगलागी भएको र सोही क्रममा तीन जनाको जलेर मृत्यु भएको बताइएको छ।

 

दुर्घटनामा अन्य ३ जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।

 

यस घटनाप्रति मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री तिवारीले गहिरो दुःख व्यक्त गरेकी छन्। उनले दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।

 

मन्त्री तिवारीले सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन, ट्राफिक नियमहरूको पालना गर्न तथा तीव्र गति नियन्त्रणमा राख्न सबै नागरिकलाई आग्रह गरेकी छन्। यस्ता दुःखद दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर