LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

एसईई दिएर घर फर्किंदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु, ३ जना गम्भीर घाइते

जनकपुरधाम, चैत २४ ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ अन्तर्गत जलेश्वर–बर्दिबास हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी ३ जना युवा विद्यार्थीको ज्यान गएको छ। एसईई परीक्षा दिएर घर फर्किंदै गरेका उनीहरू सवार मोटरसाइकल आपसमा ठोक्किँदा भीषण आगलागी भएको र सोही क्रममा तीन जनाको जलेर मृत्यु भएको बताइएको छ।

 

दुर्घटनामा अन्य ३ जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।

 

यस घटनाप्रति मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री तिवारीले गहिरो दुःख व्यक्त गरेकी छन्। उनले दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।

 

मन्त्री तिवारीले सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन, ट्राफिक नियमहरूको पालना गर्न तथा तीव्र गति नियन्त्रणमा राख्न सबै नागरिकलाई आग्रह गरेकी छन्। यस्ता दुःखद दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर