LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भदौ २४ घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन हुने – सरकार निर्णय

काठमाडौँ ,चैत्र १४। सरकारले भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठन गर्ने निर्णय गरेको हो। आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा बढी केन्द्रित भएर प्रतिवेदन दिएको थियो भने भदौ २४ गतेको घटनामा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर