LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

मो. इर्शाद ,महोत्तरी ,माघ ३। सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण महोत्तरीको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरामा आज दिउँसो १ बजेबाट सुरु भएको खेलमा टस जितेको भारतीय सशस्त्र सीमा बलले नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

१६ ओभरको खेलमा नेपाल सशस्त्र प्रहरी बलको टोलीले निर्धारित ओभरमा १५६ रन बनाउन सफल भयो ।
१५७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतीय सशस्त्र सीमा बलको टोलीले १४ ओभरमै सबै विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो । यससँगै नेपाल सशस्त्र प्रहरी बलले ६८ रनको शानदार जित हात पार्‍यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्दन राउतले ब्याटिङतर्फ ४३ रन तथा बलिङतर्फ २ विकेट लिएर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

विजयी नेपाली सशस्त्र प्रहरी टोलीलाई महोत्तरीका एसपी शेरबहादुर अधिकारी र भारतको सिमामढीका एसपी संजीव कुमार सिंहले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

यस अवसरमा खेललाई कमेन्ट्रीमार्फत रोमान्चक बनाएका आरजे इर्सादलाई समेत सम्मान गरिएको थियो । नेपाल–भारत दुवै देशका सशस्त्र प्रहरीबीच भएको मैत्रीपूर्ण खेलमा आपसी सद्भाव, मित्रता र सहकार्यको सन्देश दिँदै एक–अर्कालाई मायाको चिनो आदान–प्रदान गरी प्रतियोगिताको समापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर