LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियो

महोत्तरी ,माघ २। जलेश्वरमा बुधबार मध्यराति चोरीको घटना भएको छ। जलेश्वर नगरपालिका–२ अन्तर्गत जिरोमाइल चोकमा रहेको स्थानीय राजिव सिंहको घरमा अज्ञात समूहले लाखौँ रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरेको हो।

पीडितका अनुसार चोर समूहले घरको मुख्य ढोका फोडी भित्र प्रवेश गरेका थिए। त्यसपछि दराजहरू तोडफोड गरी नगद र गरगहना चोरी गरिएको जनाइएको छ। चोरीबाट दराजमा राखिएको ३५ हजार रुपैयाँ नगद, करिब ५ तोला सुनका गहना तथा विभिन्न चाँदीका गहना हराएको पीडितले बताएका छन्।

उक्त घटना प्रहरी ड्युटीमा रहेको स्थानबाट ५० मिटरभन्दा कम दूरीमै भएको भए पनि चोरी हुनुले स्थानीयवासीहरूमा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर