LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियो

महोत्तरी ,माघ २। जलेश्वरमा बुधबार मध्यराति चोरीको घटना भएको छ। जलेश्वर नगरपालिका–२ अन्तर्गत जिरोमाइल चोकमा रहेको स्थानीय राजिव सिंहको घरमा अज्ञात समूहले लाखौँ रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरेको हो।

पीडितका अनुसार चोर समूहले घरको मुख्य ढोका फोडी भित्र प्रवेश गरेका थिए। त्यसपछि दराजहरू तोडफोड गरी नगद र गरगहना चोरी गरिएको जनाइएको छ। चोरीबाट दराजमा राखिएको ३५ हजार रुपैयाँ नगद, करिब ५ तोला सुनका गहना तथा विभिन्न चाँदीका गहना हराएको पीडितले बताएका छन्।

उक्त घटना प्रहरी ड्युटीमा रहेको स्थानबाट ५० मिटरभन्दा कम दूरीमै भएको भए पनि चोरी हुनुले स्थानीयवासीहरूमा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर