LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

देशभर माघे संक्रान्ति मनाइँदै

जनकपुरधाम, माघ १ ।नेपालभर आज माघे संक्रान्ति (तिला संक्रान्ति) पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने अवसरमा देशभरका नदी, कुण्ड र पोखरीहरूमा स्नान गर्ने श्रद्धालुहरूको बिहानैदेखि भीड लागेको छ।

मधेश प्रदेशमा यस पर्वलाई ‘तिला संक्रान्ति’ का रूपमा मनाउने गरिन्छ। विशेषगरी जनकपुरधामका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका गंगासागर, धनुषसागर र अंरगजाजसर पोखरीहरूमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। श्रद्धालुहरूले पवित्र स्नान गरी तिल, च्युरा र सक्खर दान गरेका छन्।

माघे संक्रान्तिका अवसरमा मधेशमा खिचडी तथा तिलको लड्डु (तिलवा) खाने चलन रहेको छ। थारु समुदायले यस दिनलाई ‘माघी’ पर्वका रूपमा नयाँ वर्षको सुरुवात मानेर मनाउँदैछन् भने पहाडी समुदायमा घिउ, चाकु, तरुल र खिचडी खाने परम्परा छ।

जनकपुरका पवित्र पोखरीमा स्नान गर्नाले पाप नाश हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। पर्वका कारण जनकपुरधामसहित तराई क्षेत्रको जनजीवन उत्सवमय बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर