LIVE NEWS
धेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

देशभर माघे संक्रान्ति मनाइँदै

जनकपुरधाम, माघ १ ।नेपालभर आज माघे संक्रान्ति (तिला संक्रान्ति) पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने अवसरमा देशभरका नदी, कुण्ड र पोखरीहरूमा स्नान गर्ने श्रद्धालुहरूको बिहानैदेखि भीड लागेको छ।

मधेश प्रदेशमा यस पर्वलाई ‘तिला संक्रान्ति’ का रूपमा मनाउने गरिन्छ। विशेषगरी जनकपुरधामका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका गंगासागर, धनुषसागर र अंरगजाजसर पोखरीहरूमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। श्रद्धालुहरूले पवित्र स्नान गरी तिल, च्युरा र सक्खर दान गरेका छन्।

माघे संक्रान्तिका अवसरमा मधेशमा खिचडी तथा तिलको लड्डु (तिलवा) खाने चलन रहेको छ। थारु समुदायले यस दिनलाई ‘माघी’ पर्वका रूपमा नयाँ वर्षको सुरुवात मानेर मनाउँदैछन् भने पहाडी समुदायमा घिउ, चाकु, तरुल र खिचडी खाने परम्परा छ।

जनकपुरका पवित्र पोखरीमा स्नान गर्नाले पाप नाश हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। पर्वका कारण जनकपुरधामसहित तराई क्षेत्रको जनजीवन उत्सवमय बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर