LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरमा पत्रकारहरूका लागि एक दिने AI तालिम सम्पन्न

जनकपुर, २८ मंसिर ।जनकपुरमा मधेश प्रदेश आम सञ्चार प्राधिकरणको आयोजनामा पत्रकारहरूका लागि एक दिने कृत्रिम बौद्धिकता (AI) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षणमा पत्रकारितामा AI को प्रयोग, यसको उपयोगिता तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो। कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव ले समाजमा सकारात्मक परिवर्तन ल्याउन कृत्रिम बौद्धिकताको जिम्मेवार र नैतिक प्रयोग आवश्यक रहेको बताए।

 

उनले पत्रकारहरूको क्षमता विकास, बीमा तथा भरणपोषणका विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै पत्रकारहरूको पेशागत सुरक्षाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा सहभागी पत्रकारहरूले AI प्रविधिले समाचार संकलन, सम्पादन तथा प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर