LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

मिथिला बिहारी–४ कजरा टोलमा वैदेशिक युवाहरूद्वारा आर्थिक तथा खाद्यान्न सहयोग

जनकपुरधाम मंसिर २७ : धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–४, कजरा टोलमा वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहलमा गाउँका विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत ३ परिवारलाई प्रतिपरिवार रु. ६,१०० नगद, र छोरीको विवाह नजिक रहेकाले १ परिवारलाई विशेष रूपमा रु. १०,००० नगद प्रदान गरिएको छ। साथै, ४ परिवारलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गरिएको छ, जसमा २५ केजी चामल, २ केजी दाल, १२ केजी आलु, खाने तेल, साबुन, सर्फ र १ थान कम्बल समावेश छन्।

जाडो मौसमलाई ध्यानमा राख्दै गाउँका मन्दिरका पुजारीलाई पूर्ण शरीर ढाक्ने जाडोका कपडा पनि प्रदान गरिएको थियो।

 

स्थानीयवासीहरूले विदेशमा रहेर पनि गाउँप्रति सहयोग गर्ने युवाहरूको पहल सराहनीय भएको बताएका छन् र यस्ता कार्यक्रमले समुदायमा आपसी सहयोग र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर