LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मिथिला बिहारी–४ कजरा टोलमा वैदेशिक युवाहरूद्वारा आर्थिक तथा खाद्यान्न सहयोग

जनकपुरधाम मंसिर २७ : धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–४, कजरा टोलमा वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहलमा गाउँका विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत ३ परिवारलाई प्रतिपरिवार रु. ६,१०० नगद, र छोरीको विवाह नजिक रहेकाले १ परिवारलाई विशेष रूपमा रु. १०,००० नगद प्रदान गरिएको छ। साथै, ४ परिवारलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गरिएको छ, जसमा २५ केजी चामल, २ केजी दाल, १२ केजी आलु, खाने तेल, साबुन, सर्फ र १ थान कम्बल समावेश छन्।

जाडो मौसमलाई ध्यानमा राख्दै गाउँका मन्दिरका पुजारीलाई पूर्ण शरीर ढाक्ने जाडोका कपडा पनि प्रदान गरिएको थियो।

 

स्थानीयवासीहरूले विदेशमा रहेर पनि गाउँप्रति सहयोग गर्ने युवाहरूको पहल सराहनीय भएको बताएका छन् र यस्ता कार्यक्रमले समुदायमा आपसी सहयोग र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर