LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

Dare2Fit Gym and Fitness Center मा मुख्यमन्त्री यादवलाई सम्मान

जनकपुरधाम ,मंसिर २६। Dare2Fit Gym and Fitness Center मा मधेश प्रदेशका नव–नियुक्त मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादवलाई सम्मान गर्ने कार्यक्रम आज भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा जिम परिवार, प्रशिक्षकहरू, युवा उद्यमी तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव–नियुक्त मुख्यमन्त्रीलाई फुलमाला, अविर र दोसल्लाले आतिथ्यतापूर्वक स्वागत गर्दै संस्थाले प्रदेश तथा युवाप्रति उनीले देखाइरहेको प्रतिबद्धताको प्रशंसा व्यक्त गर्यो।

समारोहमा बोल्दै मुख्यमन्त्री यादवले युवाहरूलाई स्वास्थ्य, फिटनेस र खेलकुदतर्फ आकर्षित गर्न यस्तो अभियान महत्वपूर्ण हुने बताएका थिए। उनले स्वस्थ र सक्षम समाज निर्माणका लागि फिटनेस केन्द्रहरूको भूमिका निर्णायक रहने उल्लेख गर्दै Dare2Fit Gym लाई निरन्तर सेवा र योगदानका लागि धन्यवादसमेत दिए।

कार्यक्रमको अन्त्यमा सहभागी तथा प्रशिक्षकहरूले मुख्यमन्त्रीसँग खुलेर कुराकानी गर्दै फिटनेस प्रवर्द्धनका आगामी योजनाबारे सुझावसमेत राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर