LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

Dare2Fit Gym and Fitness Center मा मुख्यमन्त्री यादवलाई सम्मान

जनकपुरधाम ,मंसिर २६। Dare2Fit Gym and Fitness Center मा मधेश प्रदेशका नव–नियुक्त मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादवलाई सम्मान गर्ने कार्यक्रम आज भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा जिम परिवार, प्रशिक्षकहरू, युवा उद्यमी तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव–नियुक्त मुख्यमन्त्रीलाई फुलमाला, अविर र दोसल्लाले आतिथ्यतापूर्वक स्वागत गर्दै संस्थाले प्रदेश तथा युवाप्रति उनीले देखाइरहेको प्रतिबद्धताको प्रशंसा व्यक्त गर्यो।

समारोहमा बोल्दै मुख्यमन्त्री यादवले युवाहरूलाई स्वास्थ्य, फिटनेस र खेलकुदतर्फ आकर्षित गर्न यस्तो अभियान महत्वपूर्ण हुने बताएका थिए। उनले स्वस्थ र सक्षम समाज निर्माणका लागि फिटनेस केन्द्रहरूको भूमिका निर्णायक रहने उल्लेख गर्दै Dare2Fit Gym लाई निरन्तर सेवा र योगदानका लागि धन्यवादसमेत दिए।

कार्यक्रमको अन्त्यमा सहभागी तथा प्रशिक्षकहरूले मुख्यमन्त्रीसँग खुलेर कुराकानी गर्दै फिटनेस प्रवर्द्धनका आगामी योजनाबारे सुझावसमेत राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर