LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ छ्याप्ने दुई युवा पक्राउ परे पनि केही घण्टामै रिहा

काठमाडौँ , मंसिर ७— नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ छ्याप्ने दुई युवा पक्राउ परे पनि केही घण्टामै रिहा भएका छन्।

 

आइतबार बिहान विराटनगर विमानस्थल छेउमै बस्नेत चढेको गाडी बाहिरिँदै गर्दा अर्पित कुँवर र संजोग गौतम नामक दुई युवाले गाडीमा रातो रङ प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिए पनि साँझतिर रिहा गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

 

बस्नेत इटहरीतर्फ पार्टी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा यस्तो आक्रमणको प्रयास गरिएको थियो।

 

यसबारे प्रारम्भिक अनुसन्धानमा दुबै युवा नेपाली कांग्रेस–निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता भएको खुलेको छ। उनीहरूको नाम सार्वजनिक भएपछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत संगठनभित्रै कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर