LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सीताराम गौशालाले १११ मिटरको चुनरी जानकी मातालाई चढाएको

जनकपुरधाम , मंसिर ७  :जनकपुरधामको सीताराम गौशालाले १११ मिटरको चुनरी जानकी मातालाई चढाएको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी भारतको सुरतस्थित जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नु पूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरीमाथि फूल वर्षाएका थिए ।

एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।

सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाकोका अनुसार गत वर्ष १०८ मिटरको चुनारी चढेको थियो भने आउने वर्षमा पनि यो भन्दा लामो चुनारी माता लाइ अर्पण गर्ने बताए l
यो संगै विवाहपाँच्मीको उत्सवलाई अझै रौनक थपिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर