LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

विवाह पञ्चमीको रौनक: दुलहीझैँ सिङ्गारियो जानकी मन्दिर

जनकपुरधाम, मंसिर ६।सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा ऐतिहासिक जानकी मन्दिर अहिले झिलिमिली बत्तीले ‘जगमग’ बनेको छ। भगवान् राम र माता सीताको विवाह उत्सव मनाउन मन्दिरलाई दुलहीझैँ सिङ्गारिएको छ।

मन्दिर परिसर र आसपासका क्षेत्रमा जडान गरिएका रङ्गीचङ्गी विद्युतीय बत्तीहरूले रातको समयमा जानकी मन्दिरको सौन्दर्य अझ थपेको छ। यो मनमोहक दृश्य हेर्न र तस्बिर खिच्न साँझपख भक्तजन तथा पर्यटकहरूको बाक्लो घुइँचो लाग्न थालेको छ। सिङ्गो जनकपुरधाम यतिबेला विवाहको उत्सवमा रमेको छ भने मन्दिर क्षेत्रको सजावटले सबैको मन लोभ्याइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर