LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

सिरहामा डाका समूहको गोली प्रहार, बाबुछोरा गम्भीर घाइते

सिरहा ,मंसिर ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा गएराति डाका समूहको प्रतिकार गर्ने क्रममा एकै घरका बाबुछोरा गम्भीर रूपमा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार डकैती गर्न पुगेका समूहले अन्धाधुन्ध चलाएको गोलीबाट स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल सिंह महतो घाइते बनेका हुन्।

डीएसपी रमेश बहादुर पालका अनुसार करिब ८–१० जनाको नकाबपोश हतियारधारी समूह राति गाउँमा पसेर स्थानीय भोला महतोको घरमा डकैती गरिरहेको समयमा भोलाले छिमेकीलाई साहाय्यताको लागि बोलाएका थिए। सहायताका लागि पुगेका वीरेन्द्र, अनिल र अन्य गाउँलेहरूलाई लक्षित गर्दै डाका समूहले गोली चलाएको प्रहरीको भनाइ छ।

गोली लागेर बाबुछोरा ढलेपछि गाउँलेहरू पछि हट्न बाध्य बने र त्यसपछि डाका समूह डकैती पूरा गरी फरार भयो। घाइते दुवैजनाको छातीको दायाँ–बायाँ भागमा गोली लागेको प्रहरीले बताएको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल लगिएको छ।

डकैतीमा संलग्न समूहको पहिचान हुन बाँकी रहेको र उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी पालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर