LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिरहामा डाका समूहको गोली प्रहार, बाबुछोरा गम्भीर घाइते

सिरहा ,मंसिर ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा गएराति डाका समूहको प्रतिकार गर्ने क्रममा एकै घरका बाबुछोरा गम्भीर रूपमा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार डकैती गर्न पुगेका समूहले अन्धाधुन्ध चलाएको गोलीबाट स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल सिंह महतो घाइते बनेका हुन्।

डीएसपी रमेश बहादुर पालका अनुसार करिब ८–१० जनाको नकाबपोश हतियारधारी समूह राति गाउँमा पसेर स्थानीय भोला महतोको घरमा डकैती गरिरहेको समयमा भोलाले छिमेकीलाई साहाय्यताको लागि बोलाएका थिए। सहायताका लागि पुगेका वीरेन्द्र, अनिल र अन्य गाउँलेहरूलाई लक्षित गर्दै डाका समूहले गोली चलाएको प्रहरीको भनाइ छ।

गोली लागेर बाबुछोरा ढलेपछि गाउँलेहरू पछि हट्न बाध्य बने र त्यसपछि डाका समूह डकैती पूरा गरी फरार भयो। घाइते दुवैजनाको छातीको दायाँ–बायाँ भागमा गोली लागेको प्रहरीले बताएको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल लगिएको छ।

डकैतीमा संलग्न समूहको पहिचान हुन बाँकी रहेको र उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी पालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर